नेभिगेशन
अर्थतन्त्र

विदेशी मुद्रा बोकेर नेपाल आउँदा ५ हजार डलरसम्म घोषणा नचाहिने

काठमाडौं । नेपाली तथा भारतीय नागरिकले भारतबाट नेपाल आउँदा वा नेपालबाट भारत जाँदा भारतीय रुपैयाँ २०० र ५०० दरका नोट अधिकतम भारू २५ हजार रुपैयाँसम्म साथमा ल्याउन वा लैजान पाउने स्पष्ट पारेको छ ।  
केन्द्रीय बैंकले अमेरिकी डलर ५ हजारसम्म वा सो बराबरको अन्य विदेशी मुद्रा नगद ल्याउँदा भन्सार घोषणा आवश्यक नपर्ने पनि जनाएको छ ।  तर सोभन्दा बढी रकम ल्याउँदा अनिवार्य रूपमा भन्सारमा घोषणा गरी प्रमाणित गराउनुपर्ने जनाएको छ ।
नयाँ व्यवस्थाअनुसार नेपाल आएका नेपाली वा भारतीय नागरिकले साथमा ल्याएका उक्त दरका नोटहरू नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्था, मनीचेन्जर वा अन्य अधिकृत संस्थामार्फत सटही गर्न सक्ने पनि केन्द्रीय बैंकले जनाएको छ ।
यो व्यवस्थाले भारतीय मुद्राको वैध र औपचारिक सटही प्रणालीलाई सुदृढ गर्ने राष्ट्र बैंकले जनाएको छ । नेपाल भ्रमणमा आउने भारतीय पर्यटकलाई सहजता प्रदान गर्ने, अनौपचारिक सटहीलाई निरुत्साहित गर्ने तथा पर्यटन, व्यापार र सीमापार आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ । 
राष्ट्र बैंकले भारतीय मुद्राबारे पनि विशेष व्यवस्था दोहो¥याएको छ । सन् २०१६ नोभेम्बर ८ भन्दा अघि प्रचलनमा रहेका भारतीय ५०० र १ हजार रुपैयाँ दरका नोट नेपालमा कारोबार गर्न पूर्ण रूपमा निषेध गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
भर्खरै