नेभिगेशन
अर्थतन्त्र

रियलमीको स्मार्ट वेयरेबल पोर्टफोलियो नेपालमा

काठमाडौं । रियलमीले नेपालमा आफ्नो एआईओटी इकोसिस्टमलाई थप सुदृढ बनाउने उद्देश्यका साथ स्मार्ट वेयरेबल उत्पादनहरू ल्याएको छ । उत्कृष्ट अडियो अनुभव र स्मार्ट कनेक्टिभिटी प्रदान गर्ने लक्ष्यसहित कम्पनीले रियलमी बड्स टी १००, रियलमी बड्स टी २००, रियलमी बड्स टी ५०० प्रो तथा रियलमी वाच डब्लु ५ नेपाली बजारमा उपलब्ध गराएको हो । 
दैनिक प्रयोगलाई लक्षित गरी डिजाइन गरिएको रियलमी बड्स टी १०० मा १० एमएम डाइनामिक बास ड्राइभर, ब्लुटुथ ५.३, स्पष्ट भ्वाइस कलका लागि एआई न्वाइज क्यान्सलेसन, आइपी एक्स फाइभ रेटिङसहितको पानी र पसिनाबाट सुरक्षित रहने सुविधा, टाइप–सी चार्जिङ तथा चार्जिङ केससहित कुल २८ घण्टासम्म प्लेब्याकको सुविधा रहेको छ । कालो रंगमा उपलब्ध यस इयरबडको मूल्य २ हजार ५ सय निर्धारण गरिएको छ । रियलमी बड्स टी २००लाई भने ४ हजार ५ सय तोकिएको छ । रियलमी बड्स टी ५०० प्रो लाई ७ हजार ५ सय निर्धारण गरिएको छ ।
यस पोर्टफोलियोलाई पूर्णता दिन रियलमी वाच डब्लु ५ मा १.९७ इन्चको एमोलेड टचस्क्रिन डिस्प्ले, स्वास्थ्य अवस्था निरन्तर अनुगमन गर्ने सुविधा सुविधा, स्मार्ट कनेक्टिभिटीका विभिन्न फिचर तथा सामान्य प्रयोगमा  १४ दिनसम्म टिक्ने ब्याट्री क्षमता रहेको छ । यो स्मार्टवाच आईओएस ११ तथा एन्ड्रोइड ९.० वा सोभन्दा माथिका डिभाइससँग उपयुक्त छ । कालो रंगमा उपलब्ध यस स्मार्टवाचको मूल्य ११ हजार निर्धारण गरिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
भर्खरै