नेभिगेशन
अर्थतन्त्र

एनआईसी एशिया बैंकमा नेपालपे कार्डमार्फत भुक्तानी प्राप्ति सेवा सुरु

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो डिजिटल बैंकिङ सेवा विस्तार गर्दै नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को नेपालपे कार्डमार्फत भुक्तानी प्राप्ति सेवा सञ्चालनमा ल्याएको छ । बैंकको यो सेवासँगै अब बैंकका ग्राहकले नेपालपे कार्डमार्फत सहज रूपमा भुक्तानी गर्न सक्नेछन् । साथै, डिस्कभर नेटवर्कअन्तर्गतका रुपे कार्डसहित अन्य अन्तर्राष्ट्रिय कार्ड पनि बैंकका एटीएम र पीओएस टर्मिनलमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।

नेपालपे कार्ड राष्ट्रिय भुक्तानी स्विचअन्तर्गत सञ्चालनमा आएको राष्ट्रिय कार्ड प्रणाली हो । यो कार्ड नेपालमा राष्ट्रिय भुक्तानी स्विचमार्फत तथा अन्तर्राष्ट्रिय रूपमा डिस्कभर नेटवर्कमार्फत प्रयोग गर्न सकिने व्यवस्था रहेको बैंकले जनाएको छ । राष्ट्रिय भुक्तानी स्विचअन्तर्गत नेपालपे कार्ड सञ्चालनमा आएसँगै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपालपे कार्ड नेपालभित्रका साथै विदेशस्थित एटीएम र पीओएस टर्मिनलमा समेत प्रयोग गर्न सकिने भएको छ ।

त्यस्तै, अन्तर्राष्ट्रिय डिस्कभर कार्ड तथा डिस्कभरका साझेदार कार्ड पनि नेपालमा प्रयोग गर्न सकिने व्यवस्था भएको बैंकले जनाएको छ । बैंकका अनुसार यस पहलले हाल ३६ भन्दा बढी बैंक तथा वित्तीय संस्था आबद्ध रहेको राष्ट्रिय कार्ड प्रणालीको प्रवद्र्धन गर्नुका साथै डिजिटल भुक्तानी प्रणालीको विस्तार र डिजिटल रूपान्तरणलाई थप टेवा पुग्ने विश्वास लिइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
भर्खरै