नेभिगेशन
अर्थतन्त्र

एकैदिन ११ हजार ७ सय रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु ११ हजार ७०० र चाँदीको मूल्य रु २३० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज आइतबार छापावाल सुन प्रतितोला रु दुई लाख ७८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ९५५ कायम भएको छ । गत कात्तिक २ गते छापावाल सुन प्रतितोला रु दुई लाख ९० हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार १८५ कायम भएकोे थियो । दसैँ पर्वको कारणले करिब एक साता स्थानीय बजारमा सुनचाँदीको मूल्य निर्धारण गरिएको थिएन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्