नेभिगेशन
प्रदेश

भिरबाट लडेर एकको मृत्यु

झापा । अर्जुनधारा नगरपालिका–२ लाप्चेटारमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जनाए अनुसार आइतबार साँझ करिब ७ बजे स्थानीय ६५ वर्षीय यमबहादुर लाय मगर पुरानो घर जाने भन्दै घरबाट निस्किए पनि घर नफर्किएपछि खोजतलास गर्ने क्रममा सोही स्थानस्थित शान्ति सामुदायिक वनभित्रको अन्दाजी ७० फिट अग्लो भिरबाट लडेको अवस्थामा मृत फेला परेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्