नेभिगेशन
राजनीति

रास्वपाले चुनाव भाँड्न खोजेको ओलीको आरोप

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चुनाव भाँड्ने प्रयासमा रहेको आरोप लगाएका छन् ।

आफ्नो चुनावी क्षेत्र झापा जाने क्रममा भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले रास्वपा आफ्नो पक्षमा नतिजा आउँछ भने चुनाव हुन दिने नभए बाँड्ने पक्षमा देखिएको आरोप लगाएका हुन् । आफूले देखेका केही दिनयताका घटनाहरु हेर्दा रास्वपाले चुनाव भाँड्न खोजेको देखिएको उनले बताए ।

निर्वाचन बलजफती गर्ने कुरा नभएको बताउँदै अध्यक्ष ओलीले चुनाव ऐन, कानुनभित्र रहेर स्वच्छ र स्वस्थ प्रतिष्पर्धासहित शान्तिपूर्ण वातावरणमा निष्पक्ष र धाँधलीरहित हुनुपर्ने बताए । उनले मतदाताले भयरहित वातावरणमा गएर आफ्नो स्वेच्छाको मत निर्वाध दिन पाउनु पर्ने बताएका छन् ।

राजनीतिक दलहरुले जिम्मेवारीवोध नगर्दा नेपालमा एउटा अप्रिय घटना भएको बताउँदै उनले भदौं २३–२४ गते नहुनु पर्ने मानिसको ज्यान जाने, देशमा आगजनी लुटपाट, तोडफोड र भयानक हिंसा, सार्वजनिक सम्पतिदेखि लिएर राज्का प्रमुख अंगहरुका कार्यालयहरु ध्वस्त गर्नेदेखि लिएर औद्योगिक क्षेत्र, राजनीतिक दलका कार्यालय, राजनीतिक दलका नेता कार्यकर्ताका सम्पतिहरु जलाउने काम भएको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्