नेभिगेशन
राजनीति

जेनजीहरुले देश लुट्नेहरूलाई भाग्नुपर्ने ठाउँमा पु-याएको रवि लामिछानेको टिप्पणी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजी आन्दोलनलाई संकेत गर्दै देश लुट्नेहरूलाई भाग्नुपर्ने अवस्थामा पुर्‍याएको टिप्पणी गरेका छन् ।

शनिबार चितवनमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले पछिल्लो तीन वर्षमा पार्टीले उल्लेखनीय सफलता हासिल गरेको बताए । 

यस अवधिमा आफूले धेरै दुःख भोगेको उल्लेख गर्दै उनले मतदाताको भावनात्मक साथप्रति आभार व्यक्त गरे । सभापति लामिछानेले भ्रष्टाचारको पैसामा भाग नखोजेकै कारण आफूले सरकार गुमाउनु परेको दाबी गरे । 

उनले जेनजी आन्दोलनतर्फ संकेत गर्दै ठूला दलका केही नेताहरूलाई पछि हट्न बाध्य बनाएको जिकिर गरे । “देश लुट्नेहरूलाई भाग्नुपर्ने ठाउँमा पुर्‍याउने काम गरेका छौँ,” उनले भने ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका चुनावी सभापछि सभापति लामिछाने चितवन आएका हुन् । उनी शनिबार बिहानदेखि नै घरदैलो तथा मतदाता भेटघाटमा सक्रिय रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्