नेभिगेशन
राजनीति

डा. अग्रवाल सल्लाहकार नियुक्त

काठमाडौं । सरकारले प्रा.डा. जगदीशप्रसाद अग्रवाललाई प्रधानमन्त्री वालेन्द्र शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ । मन्त्रिपरिषद् बैठकले डा. अग्रवाललाई नियुक्त गर्ने निर्णय गरेको हो । त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) का पूर्वडीन डा. अग्रवालले मुलुकको स्वास्थ्य नीति, जनस्वास्थ्यका चुनौती र चिकित्सा शिक्षा सुधारका लागि प्रधानमन्त्रीलाई आवश्यक परामर्श दिनेछन् । डा. अग्रवालले राज्यबाट कुनै पनि पारिश्रमिक वा आर्थिक सुविधा नलिई केवल विशेषज्ञका रूपमा आफ्नो सेवा पु¥याउने प्रधानमन्त्री शाहको सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्