नेभिगेशन
अर्थतन्त्र

याङ्गो राइड चितवनमा विस्तार

काठमाडौं । ग्लोबल टेक कम्पनी याङ्गो ग्रुपको राइड हेलिङ सेवा याङ्गो राइडले पार्टनर ड्राइभर नेटवर्क प्रोग्राम काठमाडौंबाहिर विस्तार गर्दै चितवन र आसपासका इच्छुक चालकलाई याङ्गो प्रोमा जोडिन आमन्त्रण गरेको छ ।
कार्यक्रम चितवनका तीन स्थानमा आयोजना गरिएको थियो, जहाँ याङ्गो नेपाल प्रमुख मेनेजर सन्तोष पाण्डेसहित हेडक्वाटर र लोकल टिमका सिनियर अफिसियल्स सहभागी भएका थिए । कार्यक्रममा चालक दर्ता, अभिमुखीकरण सत्र, अन्तक्र्रियात्मक गेमहरू, उपहार वितरण, इन्धन कार्डहरू, ब्रान्डेड ब्यागहरू, क्यापहरू, ब्रान्डेड सामग्रीहरू र खाना स्टलहरू राखिएको थियो ।
याङ्गो राइडले एपमार्फत ड्राइभर पार्टनरहरूलाई काम गर्ने समय र मागअनुसार महिनामा १ लाख रुपैयाँसम्म कमाउन सक्ने अवसर रहेको जानकारी दिएको थियो । यो कार्यक्रम काठमाडौँ बाहिर पनि नेपाली नागरिकलाई समयअनुसार काम गर्ने सुविधा, आत्मनिर्भरता र राम्रो आम्दानी गर्ने अवसर दिन याङ्गोको महत्वपूर्ण कदम भएको कम्पनीले जनाएको छ ।
याङ्गो ग्रुपले आवागमन सेवा, डेलिभरी सेवा, खाद्य प्रविधि सेवा, मनोरञ्जन सेवालगायतका डिजिटल सेवाहरू अफ्रिका, ल्याटिन अमेरिका, युरोप, मध्यपूर्व, दक्षिण एसियालगायतका ३० भन्दा बढी देशमा सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्