नेभिगेशन
अर्थतन्त्र

राजीव जैनद्वारा मेरा पिक आरोहण

काठमाडौं । एसएस ग्रुप अफ कम्पनीका प्रबन्ध निर्देशक राजीव जैनले नेपालको महालंगुर हिमशृंखलामा अवस्थित प्रसिद्ध हिमाल ‘मेरा पिक’ सफलतापूर्वक आरोहण गरेका छन् । ६ हजार ४७६ मिटर उचाइको यो हिमाल आरोहणले व्यक्तिगत साहस र दृढताको उदाहरण प्रस्तुत गर्नुका साथै नेपाललाई विश्वस्तरको साहसिक पर्यटन गन्तव्यका रूपमा पुनः चिनाएको दाबी गरिएको छ ।
उनको हिमाल यात्रा वैशाख २०८३ देखि काठमाडौंबाट लुक्लातर्फ प्रस्थानसँगै सुरु भएको थियो । त्यसपछि हिमाली बस्ती, दुर्गम पदमार्ग, हिमनदी र उच्च हिमाली भूभाग पार गर्दै वैशाख ११ मा बिहान करिब ६ः४५ बजे मेरा पिकको शिखरमा पुगेको हो ।
एभरेस्ट क्षेत्रको महालंगुर हिमशृंखलामा पर्ने मेरा पिक विश्वका चर्चित ट्रेकिङ शिखरमध्ये एक मानिन्छ । यहाँबाट सगरमाथा, ल्होत्से, मकालु र छो ओयु हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । प्राकृतिक सौन्दर्य, साहसिक अनुभव र हिमाली संस्कृतिको अनुपम संगमका कारण मेरा पिक स्वदेशी तथा विदेशी आरोहीमाझ लोकप्रिय गन्तव्य बनेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्