नेभिगेशन
अर्थतन्त्र

मुक्तिनाथ विकास बैंकको सीईओमा मानन्धर

काठमाडौं । मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा तारा मानन्धर नियुक्त भएका छन् । सञ्चालक समितिको निर्णयअनुसार बैंकको सीईओ नियुक्त भएका मानन्धरले जेठ १ देखि कार्यभार सम्हालेका छन् ।
बैंकिङ तथा व्यवस्थापन क्षेत्रमा अब्बल मानन्धरले विभिन्न वाणिज्य बैंकहरुको उच्च कार्यकारी भूमिकामा रही काम गरेका छन् । डिस मेडिया नेटवर्क लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरिसकेका छन् ।
उनको नेतृत्वले संस्थागत तथा रणनीतिक विकास, सुशासन तथा दिगो बैंकिङ अभ्यासलाई थप प्रभावकारी बनाउने विश्वास बैंकले लिएको छ । नवनियुक्त सीईओ मानन्धरले बैंकको दीर्घकालीन लक्ष्य, उच्चस्तरीय ग्राहक सेवा, कर्मचारीको उच्च मनोबल तथा सरोकारवालाहरुले राखेको विश्वासलाई अझ सुदृढ बनाउँदै बैंकलाई नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्