नेभिगेशन
अर्थतन्त्र

प्राइम टायल्सको नयाँ शोरूम स्याङ्जामा

काठमाडौं । नेपालको अग्रणी टायल्स उत्पादक प्राइम सिरेमिक्स प्रालिले स्याङ्जामा भव्य नयाँ शोरूम उद्घाटन सम्पन्न गरेको छ ।
न्यु भुसाल स्टोरमार्फत स्याङ्जामा सुरु भएको नयाँ शोरूमले स्थानीय उपभोक्तालाई अन्तर्राष्ट्रिय स्तरको डिजाइन र गुणस्तरीय टायल्स सहज रूपमा उपलब्ध गराउनेछ । उद्घाटन कार्यक्रममा उद्योगी, इन्जिनियर निर्माण व्यवसायी, आर्किटेक, कन्ट्रयाक्टर लगायत डिलर वर्ग र टायल्स मिस्त्रीहरुको उल्लेखनीय उपस्थिति थियो । 
२०७८÷७९ मा एकल ब्रान्डको रूपमा नेपालकै सबैभन्दा बढी बिक्री हासिल गरेको प्राइम टायल्सले छोटो समयमै नेपाली उपभोक्ताको मन जित्दै देशव्यापी डिलर नेटवर्क बनाएको छ भने वाल र फ्लोर टायल्स दुवैमा नेपाल गुणस्तर प्रमाणपत्र प्राप्त गरिसकेको छ । अहिले प्राइम टायल्स घर–घरमा चिनिएको ब्रान्ड बनिसकेको छ ।
२०७८ सालमा स्थापना भएको प्राइम सिरेमिक्सले नेपाली उपभोक्ताका लागि गुणस्तरीय टायल्स उत्पादन गर्ने उद्देश्यले रौतहटको बृन्दावन नगरपालिकामा अत्याधुनिक प्रविधियुक्त कारखाना स्थापना गरेको हो । वार्षिक ४० लाख वर्गमिटर उत्पादन क्षमता र ३ अर्ब रुपैयाँको लगानी रहेको यस उद्योगले नेपालमै पहिलोपटक वाल र फ्लोर टायल्स दुबै उत्पादन गर्ने विशेषता बोकेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्