नेभिगेशन
अर्थतन्त्र

युवा स्वरोजगार कोषको ६७ करोड कर्जा असुल भएन

काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लगानी गरिएकामध्ये भाखा नाघिएको ऋणबापतको ६७ करोड १९ लाख ६४ हजार असुल गर्नुपर्ने देखिएको छ । महालेखा परीक्षकको ६३औं वार्षिक प्रतिवेदन २०८३ ले युवा तथा साना व्यवसायी स्वरोजगार कोष (सहुुलियत) नियमावली २०७७ को नियम १६ मा कर्जा लागानी गर्ने व्यवस्थाअनुसार कोष र ऋणीबीच ऋण सम्झौताको सर्तअनुसार साँवा र ब्याज समयमा नआउँदा हर्जनासमेत गरी सो रकम असुल गर्नुपर्ने देखाएको हो ।
कोष र ऋणीबीच पाँच बर्से लगानी सम्झौता हुँदा ऋण अवधि ४२ महिना रहने र सम्झौताअनुसार समयमा किस्ता नबुझाउँदा रकमको थप २ प्रतिशत ब्याज लाग्ने व्यवस्था छ । कोषको २०८२ असार मसान्तसम्म २ अर्ब ३३ करोड ९४ लाख ५६ हजार रुपैयाँ कर्जाको साँवा बक्यौता देखिएको छ । तीमध्ये कोषको अभिलेखअनुसार ४३२ सहकारी संस्थाबाट ५७ करोड ९७ लाख १८ हजार रुपैयाँ साँवा तथा ब्याज ८ करोड ४६ लाख ९८ हजार रुपैयाँ र हर्जाना २३ लाख ८२ हजार रुपैयाँ कर्जा असुल गर्नुपर्ने देखिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्