नेभिगेशन
अर्थतन्त्र

नेप्से सामान्य अंकले घट्दा २ अर्ब ४५ करोडको कारोबार

काठमाडौं । सोमबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ । नेप्से परिसूचक १.०३ अंकले घटेर २७३०.९१ विन्दुमा पुगेको हो । यस दिन ३३९ वटा स्क्रिप्सको ५८ लाख २८ हजार ६०४ कित्ता सेयर २ अर्ब ४५ करोड ८ लाख  ७८ हजार  ४४९ रुपैयाँमा खरिदबिक्री भए ।
सेयर बजार सामान्य अंकले घटे पनि कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन । इङ्वा हाइड्रोपावरको सेयर सर्वाधिक ८.४२ प्रतिशतले बढ्यो ।
८४ करोडको सेयर कारोबार गरी साहसा उर्जा शीर्षस्थानमा रह्यो । रिलायन्स स्पिनिङ्स मिल्सले ७३ करोडको सेयर कारोबार गर्दा एसवाइ प्यानल नेपालले ७१ करोड,अपी पावरले ६१ करोड र शिवम् सिमेन्टले ५७ करोडको सेयर कारोबार गरेका छन् ।
कारोबारमा आएकामध्ये ११९ वटा स्टक्सको मूल्य बढ्दा १३२ वटाको घट्यो । १८ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो । पाँचवटा समूहको उपसूचक बढ्दा बाँकी अरु समूहको उपसूचक नकारात्मक देखिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्