नेभिगेशन
राजनीति

पूर्वराष्ट्रपति भण्डारीलाई एमालेको सदस्‍यता

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले पूर्वराष्ट्रपति समेत रहेकी विद्यादेवी भण्डारीलाई पार्टीको सदस्यता दिने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बसेको सचिवालय बैठकले भण्डारीलाई सदस्यता दिने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
यसअघि एमालेमा भण्डारीको पार्टी सदस्यताका कारण विवाद उत्पन्न भएको थियो। जेनजी आन्दोलन र आम निर्वाचनपछि बदलिएको राजनीतिक परिस्थितिले एमाले नेतृत्वले भण्डारीलाई सदस्यता दिने निर्णयसम्म पुगेको बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्