नेभिगेशन
अर्थतन्त्र

एनएमबि बैंकका ग्राहकलाई भारतको मेदान्त अस्पतालमा विशेष छुट

काठमाडौं । एनएमबि बैंकले भिसा डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकका लागि भारतस्थित मेदान्त अस्पतालमा विशेष स्वास्थ्य सेवा छुटको व्यवस्था गरेको छ । यस सहकार्यसँगै ग्राहकले अब मेदान्त अस्पतालमा विभिन्न स्वास्थ्य सेवामा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
ग्राहकले ओपिडी परामर्श, ल्याब तथा रेडियोलोजी सेवाहरू र प्रिभेन्टिभ हेल्थ प्याकेजमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने सक्नेछन् । साथै, आइपिडी सेवाअन्तर्गत रुम रेन्ट तथा विभिन्न जाँच सेवाहरूमा १० प्रतिशत छुट पनि उपलब्ध हुनेछ । 
ग्राहकको स्वास्थ्य र सुविधालाई प्राथमिकतामा राख्दै एनएमबि बैंकले बैंकिङ सेवाभन्दा बाहिर पनि ग्राहकलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले यस्तो सहकार्य अघि बढाएको जनाएको छ । एनएमबि बैंकले हाल देशभर १९८ शाखाहरु, १७६ एटीएमहरु र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्