नेभिगेशन
अर्थतन्त्र

भी–चित्रले जित्यो १५औं एसीईएफ ग्लोबल कस्टमर इन्गेजमेन्ट अवार्ड

काठमाडौं । भी–चित्र प्रा. लि. ले एशियाकै प्रमुख मार्केटिङ प्लेटफर्ममध्ये एक १५औं एसीईएफ ग्लोबल कस्टमर इन्गेजमेन्ट अवाड्र्स २०२६ मा जनसम्पर्क विधामा उत्कृष्ट प्रदर्शन गर्दै नेपालका लागि गौरवपूर्ण उपलब्धि हासिल गरेको छ ।
यस प्रतिष्ठित अवार्ड समारोह ३० अप्रिल २०२६ मा भारतको मुम्बईस्थित द वेस्टिन मुम्बई गार्डेन सिटी, गोरेगाउँ इस्टमा आयोजना गरिएको थियो । कार्यक्रममा एपीएसी क्षेत्रका उत्कृष्ट एजेन्सी र ब्रान्डहरू सहभागी भएका थिए, जहाँ ग्राहक संलग्नता र सञ्चार क्षेत्रमा भएका उत्कृष्ट कार्यलाई सम्मान गरिएको थियो ।
एजेन्सीले विश्वकै प्रभावशाली डिजिटल प्लेटफर्ममध्ये एक टिकटकसँगको सहकार्यमार्फत उल्लेखनीय सफलता हासिल गरेको हो । भी–चित्रले टिकटक फ्यामिली पेरिंग अभियानमार्फत ‘बेस्ट इन्टीग्रेटेड पीआर एण्ड डिजिटल इन्गेजमेन्ट’ र ‘बेस्ट मिडिया रिलेसन्स क्याम्पेन’ विधामा स्वर्ण पुरस्कार जितेको छ । 
सामाजिक सञ्जालमार्फत परिवारलाई जोड्ने उद्देश्यसहित तयार गरिएको यो अभियान सांस्कृतिक रूपमा पनि प्रभावशाली मानिएको थियो । नेपालमा सन् २०२५ मा टिकटक माथिको प्रतिबन्ध हटाइएपछि किशोरहरूको डिजिटल सुरक्षाबारे बढ्दो चिन्तालाई सम्बोधन गर्दै अभियानले अभिभावकीय नियन्त्रण सुविधालाई सेलिब्रेटी, कन्टेन्ट क्रिएटर, टेलिभिजन विज्ञापन तथा स्थानीय भाषाका मिडियामार्फत सार्वजनिक गरेको थियो ।
अभियानले १४० भन्दा बढी मिडिया कभरेज, ३४ मिलियनभन्दा बढी क्रियटर भ्युज तथा ५.८ मिलियन इन्गेजमेन्ट हासिल गर्दै टिकटकलाई चिन्ताको प्लेटफर्मबाट जिम्मेवार प्लेटफर्मको रूपमा स्थापित गर्न सफल भएको छ ।
यसैगरी, टिकटक सेफ्टी एम्बेसडर कार्यक्रममार्फत भी–चित्रले ‘बेस्ट युज अफ इन्फ्लुएन्सर्स इन पीआर क्याम्पेन’ विधामा पनि स्वर्ण पुरस्कार जितेको छ । उक्त अभियानले नेपालमा टिकटक प्रयोगकर्तामाझ डिजिटल सुरक्षासम्बन्धी सचेतना फैलाउने काम गरेको थियो ।
ग्रान्ड प्रिक्स अवार्डअन्तर्गतका यी सबै उपलब्धिसँगै भी–चित्रले ‘पीआर एजेन्सी अफ द इयर’ उपाधि पनि प्राप्त गरेको छ, जुन उक्त अवार्डको पब्लिक रिलेसनतर्फको सबैभन्दा ठूलो सम्मान हो । यसले भी–चित्रलाई एपीएसी क्षेत्रकै उत्कृष्ट पीआर एजेन्सीहरूको लहरमा स्थापित गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्