नेभिगेशन
अर्थतन्त्र

यूए अडाप्टेसन एन्ड ह्याकाथन नेपाल सम्पन्न

काठमाडौं । ‘यूए अडाप्टेसन एन्ड ह्याकाथन नेपाल २०२६: पायोनियरिङ यूए रेडी प्लेटफर्म’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजना तथा आईक्यान र युनेस्कोसँगको सहकार्यमा शनिबार भएको कार्यक्रम इन्टरनेटलाई सबैका लागि समावेशी, पहुँचयोग्य र बहुभाषिक बनाउने लक्ष्यसहित सञ्चालन गरिएको छ ।
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८३ तथा विश्वव्यापी सर्वस्वीकार्यता दिवसको अवसर पारी आयोजित कार्यक्रममा विशेषगरी नेपाली भाषा र लिपिमा आधारित डोमेन नेम र ईमेल एड्रेसहरूलाई इन्टरनेटका सबै प्रणालीले सहजै स्वीकार गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिइएको छ ।
उद्घाटन समारोहमा क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले ह्याकाथन कार्यक्रम प्रतिस्पर्धामात्र नभएर नेपालको डिजिटल पूर्वाधारलाई बहुभाषिक र समावेशी बनाउने ऐतिहासिक कदम भएको बताइन् । त्यस्तै, महासंघका संस्थापक अध्यक्ष डा. विमल कमार शर्माले प्रविधिलाई भुइँतहका नागरिकसम्म पु¥याउन ‘युनिभर्सल एक्सेप्टेन्स’ को भूमिका अपरिहार्य रहेको उल्लेख गरे ।
नेपाल दूरसञ्चार प्राधिकरणकी उपनिर्देशक ई. रोजा किरण बासुकलाले डिजिटल नेपाल फ्रेमवर्कलाई सफल बनाउन यस्ता प्राविधिक रूपान्तरण आवश्यक रहेको बताइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्