नेभिगेशन
अर्थतन्त्र

घरजग्गा व्यवसायीका लागि सचेतना कार्यशाला

काठमाडौं । नेपालको सम्पत्ति शुद्धीकरण निवारण क्षेत्रमा विशेषज्ञ परामर्शदाताको रूपमा स्थापित अग्रणी संस्था एएमएल नेपालले भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट इजाजतपत्र प्राप्त घरजग्गा कम्पनीहरूका लागि एक विशेष सचेतना कार्यशाला सफलतापूर्वक सम्पन्न गरेको छ ।
कार्यक्रममा विशेषगरी घरजग्गा कारोबारका क्रममा हुनसक्ने वित्तीय जोखिम र राष्ट्रियस्तरको जोखिम मूल्यांकनका विषयमा विस्तृत छलफल गरिएको छ । नेपालको घरजग्गा क्षेत्रलाई थप व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यका साथ आयोजित यस सत्रमा वित्तीय जानकारी एकाइ र अन्य नियामक निकायहरूको चासो तथा हालै इजाजत प्राप्त गरेका नयाँ घरजग्गा इजाजत प्राप्त संस्थाहरूले व्यवसाय सञ्चालनको क्रममा अपनाउनुपर्ने पूर्वतयारी र कानुनी प्रक्रियाका बारेमा प्रकाश पारिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्