नेभिगेशन
अर्थतन्त्र

निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी साहलाई

काठमाडौं । सरकारले नागेन्द्र साहलाई नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी साहले मंगलबार निगमको निमित्त कार्यकारी निर्देशक नियुक्त गरेकी हुन् ।
चण्डिकाप्रसाद भट्टले वैशाख ३० मा राजीनामा दिएपछि निगमको कार्यकारी निर्देशकको पद रिक्त थियो । नवनियुक्त निमित्त कार्यकारी निर्देशक साह निगमका नायब कार्यकारी निर्देशक (अर्थ÷प्रशासन) हुन् । उनी चार्टर्ड एकाउन्टेन हुन् । साह १९ वर्षदेखि निगममा कार्यरत छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्