नेभिगेशन
अर्थतन्त्र

ग्यालेक्सी एस२६ प्लस मा रु २३००० को क्यासब्याक

काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी एस२६+ ले सीमित अवधिका लागि क्यासब्याक अफर ल्याएको छ । प्रिमियम र इमर्सिभ स्मार्टफोन अनुभव खोजिरहेका ग्राहकहरुका लागि डिजाइन गरिएको ग्यालेक्सी एस२६+ ले सामसङको प्लस डिजाइनद्वारा प्रदर्शन, आराम र नवीनताको राम्रो सन्तुलन दिन्छ ।
ग्यालेक्सी एस२६ सिरिजका प्रमुख मोडेलमध्ये एक भएकोले, यो अफरले ग्राहकहरुका बदलिँदो आवश्यकतासँग मिल्ने उत्पादन र अनुभव दिन सामसङ प्रतिबद्धता देखाउँछ । 
यो सीमित अवधिकोअन्तर्गत ग्यालेक्सी एस२६+ खरिद गर्दा ग्राहकले २३ हजार इन्स्ट्यान्ट क्यासब्याक पाउँछन्, जसले यसको विशेष अफर मूल्य १ लाख ८२ हजार ९९९ बाट घटाएर १ लाख ५९ हजार ९९९ बनाएको छ । यो अफर मे १९ देखि जुन ३१ सम्म मान्य हुन्छ ।
यसको खरिद अझ सजिलो बनाउन सामसङ नेपालले एचएफएलमार्फत इन्स्टा फाइनान्सबाट २४ महिनासम्मको सजिलो ईएमआई सुविधा पनि दिइरहेको छ, जसको मासिक किस्ता ४ हजार ३४१ बाट सुरु हुन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्