नेभिगेशन
अर्थतन्त्र

एक्स्ट्रिम इनर्जी ड्रिंक्सको ‘स्क्यानमा सुन’ अभियान

काठमाडौं । नेपाली युवामाझ लोकप्रिय एक्स्ट्रिम इनर्जी ड्रिंक्सले आगामी विश्वकप फुटबल प्रतियोगिता २०२६ को माहोललाई थप रोमाञ्चक बनाउन ‘स्क्यानमा सुन’ नामक आकर्षक उपहार योजना सार्वजनिक गरेको छ ।
फुटबलप्रेमी तथा ग्राहक लक्षित यस अभियानअन्तर्गत एक्स्ट्रिम इनर्जी ड्रिंक्सको क्यानमा रहेको क्यूआर कोड स्क्यान गरी आफ्नो विवरण भरेपछि ग्राहक गोलाप्रथामा सहभागी हुन सक्नेछन् । यस अभियानमार्फत सहभागीमध्ये तीन जना भाग्यशाली विजेतालाई जनही सुनको बल पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ । साथै, यो योजना जेठ १ देखि विश्वकप फुटबल प्रतियोगिता २०२६ को खेल अवधिभर सञ्चालन गरिने छ ।
विश्वकप फुटबल २०२६ को विश्वव्यापी उत्साहलाई नेपाली बजारसँग जोड्दै ग्राहकलाई थप उत्साहित र सहभागी बनाउने उद्देश्यले यो योजना ल्याइएको कम्पनीको जनाएको छ । कम्पनीका अनुसार ‘स्क्यानमा सुन’ अभियानले फुटबलप्रेमी युवामा मनोरञ्जन, सहभागिता र पुरस्कारको उत्साह एकैसाथ प्रदान गर्ने विश्वास लिइएको छ । एक्स्ट्रिम इनर्जी ड्रिंक्सले विगतदेखि नै युवा लक्षित विभिन्न नवीनतम अभियान सञ्चालन गर्दै आएको छ भने यस अभियानले पनि बजारमा थप उत्साह सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्