नेभिगेशन
प्रदेश

काफल पोखेको क्षतिपूर्ति १० हजार

वीरेन्द्रनगर । महिलाको डालो खोसेर काफल पोख्दै नगरप्रहरीले गरेको दुव्र्यवहारको नगरपालिकाले १० हजार क्षतिपूर्ति तिरेको छ । दुव्र्यवहारको घटनामा क्ष्ममा माग्दै बुधबार नगरप्रमुख मोहनमाया ढकालले बुधबार धमिजा चौलागाईलाई उक्त रकम हस्तान्तरण गरेकी हुन् ।
नगरप्रहरीले सिटी बसपार्कमा मंगलबार साँझ काफल बेच्दै गरेकी चौलागाईको डालो समातेर घोप्ट्याउँदा काफल भुइँमा छरपस्ट भएको थियो भने उनी रोइकराइ गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । घटनाले नगरप्रहरीसँगै नगरपालिकाको व्यवहारको चर्को आलोचना भएको थियो । 
कालीकोट घर भई हाल वीरेन्द्रनगर–३ सुर्खेत बस्ने ४२ वर्षीया  चौलागाईले
क्षतिपूर्ति पाउँदा खुसी लागेको बताइन । नगरपालिकाले बुधबार विज्ञप्ति जारी गर्दै ‘मंगलबार साँझ नगर प्रहरीद्वारा सडकपेटी र फुटपाथ व्यवस्थापन गर्ने क्रममा वडा नम्बर ६ स्थित सिटी बसपार्कमा डालामा काफल बेच्दै गरेकी चौलागाईमाथि भएको व्यवहारप्रति ध्यानाकर्षण भएको’ जनाएको थियो । घटनामा संलग्न नगरप्रहरीलाई विभागीय कारबाही गरिने र पीडित महिलालाई उचित राहत तथा क्षतिपूर्ति दिने निर्णय भएको नगरपालिकाका प्रवक्ता टंकप्रकाश लामिछानेले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्