नेभिगेशन
अर्थतन्त्र

मेटलाइफ र ग्लोबल सिटिजनको ‘फुटवर्क फर फ्युचर्स’ अभियान

काठमाडौं । मेटलाइफ र ग्लोबल सिटिजनले विश्वव्यापी सामाजिक सञ्जाल अभियान ‘फुटवर्क फर फ्युचर्स’ सार्वजनिक गरेका छन् । फुटबलमार्फत बालबालिकाको गुणस्तरीय शिक्षा र खेलकुदमा पहुँच विस्तार गर्ने उद्देश्यसहित अभियान सुरु गरिएको हो ।
यस अभियानअन्तर्गत सहभागीले इन्स्टाग्राम, लिंक्डइन, एक्स, टिकटक वा फेसबुकमा फुटबल बल जगल गर्दै वा जगल गर्ने प्रयास गरेको छोटो भिडियो पोस्ट गर्नुपर्नेछ । प्रत्येक योग्य भिडियो सबमिशनका लागि मेटलाइफले फिफा ग्लोबल सिटिजन एजुकेशन फन्डमार्फत विश्वभरका समुदाय–आधारित संस्थालाई ५ अमेरिकी डलरका दरले सहयोग गर्ने जनाएको छ । कुल योगदान १ लाख अमेरिकी डलरसम्म पुग्ने कम्पनीले जनाएको छ ।
यो अभियान मेटलाइफ फाउन्डेसनले फिफा ग्लोबल सिटिजन एजुकेशन फन्डमा गरेको ९ मिलियन अमेरिकी डलर योगदानको निरन्तरताका रूपमा अघि बढाइएको हो । उक्त कोषमार्फत शिक्षा तथा खेलकुद कार्यक्रम सञ्चालन गर्ने विभिन्न संस्थालाई सहयोग गरिँदै आएको छ ।
मेटलाइफकी ग्लोबल सस्टेनेबिलिटी प्रमुख तथा मेटलाइफ फाउन्डेसनकी अध्यक्ष ल्गचष्ब न्बचअष्ब ले फुटबलप्रतिको विश्वव्यापी आकर्षण र शिक्षाको शक्तिलाई जोडेर समुदायलाई सशक्त बनाउन अभियानले भूमिका खेल्ने बताइन् । उनका अनुसार ‘फुटवर्क फर फ्युचर्स’ रमाइलो, सहज र सबैले सहभागिता जनाउन सक्ने अभियान हो । ‘प्रत्येक भिडियो विश्वभरका युवाका लागि आत्मविश्वासी भविष्य निर्माणतर्फको महत्वपूर्ण कदम हुनेछ,’ उनले भनिन् ।
अभियानमा सीप, क्षमता वा अनुभवको पर्वाह नगरी सबैले सहभागिता जनाउन सक्नेछन् । यो कार्यक्रम मे १२ देखि जुलाई १९, २०२६ सम्म वा १ लाख अमेरिकी डलर बराबरको योगदान संकलन नपुगुन्जेल सञ्चालन हुनेछ । अभियानमा सहभागी हुन चाहनेहरूले सामाजिक सञ्जाल प्लेटफर्मका नियम तथा अभियानका सर्तहरू पालना गर्नुपर्नेछ । योग्य भिडियोमा वास्तविक व्यक्तिले सुरक्षित रूपमा फुटबल बल जगल गरेको वा प्रयास गरेको स्पष्ट देखिनुपर्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्