नेभिगेशन
अर्थतन्त्र

मुक्तिनाथ विकास बैंकद्वारा ह्विलचेयर सहयोग

काठमाडौं । सामाजिक उत्तरदायित्वअन्तर्गत मुक्तिनाथ विकास बैंकले स्वास्थ्य सेवा सहज बनाउन, समावेशीतालाई प्रवर्धन गर्न तथा दिगो विकास लक्ष्यप्रति आफ्नो प्रतिबद्धतालाई थप सुदृढ गर्दै विभिन्न संस्थाहरुलाई ह्विलचेयर सहयोग प्रदान गरेको छ । कार्यक्रमअन्तर्गत बैंकले कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताललाई १० थान ह्विलचेयर हस्तान्तरण गरेको हो ।
उक्त सहयोगले अस्पतालमा उपचारका लागि आउने तत्काल बिरामी, ज्येष्ठ नागरिक तथा हिँड्डुलमा कठिनाइ भएका सेवाग्राहीलाई अस्पताल परिसरभित्र सहज र सुरक्षित रूपमा आवतजावत गर्न सहयोग पुग्ने अपेक्षा बैंकले लिएको छ । यसले स्वास्थ्य सेवामा पहुँचलाई थप सहज बनाउँदै सेवाग्राहीमैत्री वातावरण निर्माणमा समेत योगदान पु¥याउने विश्वास बैंकले लिएको छ ।
त्यसैगरी, बैंकले गोकर्णेश्वरस्थित युवा अपांग संगठन नेपाललाई पनि १० थान ह्विलचेयर सहयोग प्रदान गरेको छ । उक्त सहयोगले आवश्यकता भएका फरक क्षमता भएका व्यक्तिलाई आवश्यक समयमा सहयोग पु¥याउनुका साथै उनीहरूको सम्मानपूर्ण, सहज तथा समावेशी जीवनयापनमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्