नेभिगेशन
प्रदेश

पूर्णिमा छैटौं पटक सगरमाथा शिखरमा

गोरखा । सगरमाथा आरोही गोरखाकी पूर्णिमा श्रेष्ठ आफ्नै कीर्तिमान तोड्दै छैटौं पटक सगरमाथा शिखरमा पुगेकी छन् । सतोरी एड्भेञ्चरको टोलीसँगै उनी बुधबार शिखरमा पुग्न सफल भएकी हुन् । 
श्रेष्ठले यसअघि दुई हप्तामा तीनपटक सगरमाथाको आरोहण गर्दै गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम दर्ता गराएकी थिइन् । उनी सन् २०२४ मेमा एउटै याममा १३ दिनमा सर्वाधिक तीनपटक सगरमाथामा पुगेकी थिइन् । श्रेष्ठले सन् २०२४ मे १२, मे १९ र मे २५ तारिखमा सगरमाथा आरोहण गरेकी थिइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्