नेभिगेशन
अर्थतन्त्र

सन नेपाल लाइफको एडीएम ३६० ग्रोथ समिट सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले देशभरका उत्कृष्ट एजेन्सी डेभलपमेन्ट म्यानेजर (एडीएम) हरूलाई सहभागी गराउँदै ‘एडीएम ३६० ग्रोथ समिट १.०’ कार्यक्रम आयोजना गरेको छ । कम्पनीले जेठ २ र ३ गते आयोजना गरेको उक्त कार्यक्रम ‘एजेन्सी करियर बबाल छ’ भन्ने मूल नारासहित सञ्चालन गरिएको हो ।
एजेन्सी नेतृत्व क्षमता अभिवृद्धि, व्यवसाय विस्तार, आधुनिक बजार व्यवस्थापन तथा बीमा क्षेत्रमा करियर निर्माणका अवसरबारे सहभागीहरूलाई थप उत्प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा देशभरबाट एजेन्सी डेभलपमेन्ट म्यानेजरहरूको उत्साहजनक सहभागिता थियो ।
कार्यक्रममा नेपाली बजारका प्रख्यात प्रशिक्षकद्वय किशु झा र अजय रेग्मीले नेतृत्व विकास, व्यक्तिगत दक्षता, टोली व्यवस्थापन, व्यवसाय विस्तार रणनीति तथा आधुनिक बीमा बजारका चुनौती र अवसरका विषयमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रमको अध्यक्षता कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत कबी फुयालले गरेका थिए भने प्रमुख बजार अधिकृत गणेश चौलागाईको विशेष उपस्थिति थियो । कार्यक्रममा निमित्त प्रमुख कार्यकारी अधिकृत कबी फुयाल तथा प्रमुख बजार अधिकृत गणेश चौलागाईले एजेन्सी व्यवसायको वर्तमान अवस्था, भविष्यका सम्भावना, लक्ष्य प्राप्ति तथा व्यवसाय वृद्धिसम्बन्धी विशेष प्रस्तुति दिएका थिए । उनीहरूले सहभागीहरूलाई एजेन्सी पेशालाई सम्मानित, सम्भावनायुक्त र दीर्घकालीन करियरका रूपमा विकास गर्न प्रेरित गरेका थिए ।
सन नेपाल लाइफ इन्स्योरेन्सले आगामी दिनमा पनि एजेन्सी संरचनालाई अझ सुदृढ, व्यवसायमुखी तथा प्रतिस्पर्धी बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । हाल कम्पनीका देशभर १४८ शाखा तथा उपशाखा सञ्चालनमा छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्