नेभिगेशन
अर्थतन्त्र

नेपाल–अस्ट्रेलिया उद्योग वाणिज्य संघको अध्यक्षमा चापागाईं

काठमाडौं । नेपाल–अस्ट्रेलिया उद्योग वाणिज्य संघको ३१औँ वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभासँगै नेपालका लागि अस्ट्रेलियाली राजदूत साइमोन अन्स्र्टको सम्मानमा विशेष स्वागत समारोहसमेत आयोजना गरिएको छ ।
काठमाडौंस्थित रमाडा बाइ विन्धम होटलमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल र अस्ट्रेलियाबीचको व्यापार, लगानी, पर्यटन, शिक्षा तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको संघले जनाएको छ ।
संघका अध्यक्ष अखिलकुमार चापागाईंले नेपाल–अस्ट्रेलिया सम्बन्ध प्रवर्धनमा संघले तीन दशकभन्दा बढी समयदेखि भूमिका निर्वाह गर्दै आएको बताए । उनले विगतमा अस्ट्रेलियामा भएका विभिन्न व्यापारिक मेला तथा व्यवसाय प्रवर्धन कार्यक्रममा सहभागिता जनाउँदै दुई देशबीचको आर्थिक सहकार्य विस्तारमा संघ सक्रिय रहेको उल्लेख गरे ।
यसैबीच, साधारणसभाले अध्यक्षमा चापागाईंको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा विक्रम राई, उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठ, महासचिवमा माधव गिरी, कोषाध्यक्षमा सुशील कँडेल, सचिवमा अम्बिका शर्मा लामिछाने तथा सह–कोषाध्यक्षमा शेरबहादुर कुँवर चयन भएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्