नेभिगेशन
अर्थतन्त्र

समस्याग्रस्त गौतमश्री सहकारीका ऋणीको नाम सार्वजनिक

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका ऋणीको नामावली सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत रहेको समितिले ऋणको नाम सार्वजनिक गरेको हो ।
वैशाख २३ गते बसेको बैठकको निर्णयअनुसार उक्त नामावली सार्वजनिक गरिएको सदस्य सचिव रविन ढकालले जानकारी दिए । उनका अनुसार सरकारले मिति २०८० चैत १३ गते गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको थियो । समितिका अनुसार उपलब्ध ऋणी विवरणका आधारमा नामावली सार्वजनिक गरिएको हो ।
साथै, ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिहरूलाई आवश्यक प्रमाणसहित उपस्थित हुन आग्रह गरिएको छ । त्यस्तै, हालसम्म ऋण भुक्तानी नगरेका ऋणीलाई समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र ऋण चुक्ता गर्न निर्देशन दिइएको ढकालले बताए । निर्देशन पालना नभए प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने पनि समितिले चेतावनी दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्