नेभिगेशन
अर्थतन्त्र

भिभो वाई सिरिजका दुई नयाँ स्मार्टफोन सार्वजनिक

काठमाडौं । भिभोले नेपालमा वाई सिरिजअन्तर्गत दुई नयाँ स्मार्टफोन वाई ११ डि र वाई २१ फाइभ जी सार्वजनिक गरेको छ । आधुनिक प्रयोगकर्ताको परिवर्तनशील आवश्यकता पूरा गर्न डिजाइन गरिएका यी दुई नयाँ स्मार्टफोनले उत्कृष्ट ब्याट्री क्षमता, स्मुथ प्रदर्शन र आकर्षक डिजाइनको संयोजन प्रस्तुत गर्दै आ–आफ्नो सेग्मेन्टमा नयाँ मापदण्ड स्थापित गरेका छन् ।
दुवै स्मार्टफोनमा विशाल ६५०० एमएएच ब्लूभोल्ट ब्याट्री समावेश गरिएको छ, जसले लामो समयसम्म भरपर्दो प्रयोग अनुभव प्रदान गर्छ । उच्च क्षमताको ब्याट्रीलाई थप प्रभावकारी बनाउन भिभोको ४४ वाट फ्ल्यासचार्ज  प्रविधि प्रयोग गरिएको छ, जसमा २९ तहको सुरक्षा प्रणाली समावेश छ । यसले छिटो, सुरक्षित तथा प्रभावकारी चार्जिङ सुनिश्चित गर्दै प्रयोगकर्तालाई दिनभर सहज रूपमा कनेक्टेड राख्न मद्दत गर्छ ।
दुवै स्मार्टफोनको प्रमुख विशेषतामध्ये मजबुत टिकाउपन पनि एक साझा विशेषता हो । आई पी ६५ धुलो तथा पानी प्रतिरोध क्षमताले धुलो र पानीबाट सुरक्षा प्रदान गर्छ भने प्रोफेशनल एन्टी–ड्रप डिजाइनले दैनिक प्रयोगका क्रममा हुने सामान्य झट्का तथा खस्ने जोखिमबाट डिभाइसलाई सुरक्षित राख्छ ।
प्रयोग अनुभवलाई अझ सहज र इमर्सिभ बनाउन दुवै स्मार्टफोनमा १२० हर्ज रिफ्रेस रेट र १२०० निट्सको पिक ब्राइटनेस सहितको डिस्प्ले प्रदान गरिएको छ, जसले घाममा पनि स्पष्ट दृश्य अनुभव प्रदान गर्छ ।
भिभो वाई२१ फाईव जी ६ जीबी + १२८ जीबी भेरियन्टको मूल्य ३२ हजार ९९९ रुपैयाँ तोकिएको छ । त्यसैगरी भिभो वाई  ११ डि को ४ जीबी + १२८ जीबी २१ हजार ४९९ र ६ जीबी + १२८जीबीको २६ हजार ९९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्