नेभिगेशन
अर्थतन्त्र

वार्षिकोत्सवका अवसरमा महालक्ष्मीका विविध कार्यक्रम

काठमाडौं । महालक्ष्मी विकास बैंकले ३२औं वर्षमा प्रवेशको अवसरमा साताव्यापी वार्षिक उत्सव मनाउने क्रममा विभिन्न कार्यक्रम आयोजना गरेको छ । वार्षिक कार्यक्रमअन्तर्गत जेठ २ मा वित्तीय साक्षरतासहितको प्रभातफेरी कार्यक्रम गरिएको छ ।
त्यस्तै जेठ ४ गते केन्द्रीय कार्यालयमा बृहत निःशुल्क स्वास्थ्य शिविर, ५ गते निःशुल्क दन्त तथा आँखा शिविर सञ्चालन गरिएको छ । शिविरहरुमा करिब २ सय जनाको स्वास्थ्य, आँखा तथा दाँतको परीक्षण गरिएको थियो । 
बैंकले जेठ ६ गते देशभरका प्रादेशिक कार्यालय र बैंकको केन्द्रीय कार्यालयमा बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको छ । रक्तदान कार्यक्रममार्फत २ सय पिन्ट रगत संकलन गरिएको छ । सोही दिन बैंकले सस्ंकृति प्रवर्धन तथा मन्दिर सरसफाइ पनि गरेको छ ।
बैंकले जेठ ७ गते बिहीबार कर्मचारीलाई स्थानीय भेषभूषासहितको पहिरनमा उपस्थित गराएको थियो । त्यसै दिन श्री नारायणहिटी नाराणस्थान गुठी व्यवस्थापन समिति, नारायणहिटीलाई खानेपानी ब्यवस्थापनका लागि पानी ट्यांकी हस्तान्तरण गरिएको छ ।
अगस्ट १९ मा मनाइने विश्व फोटोग्राफी दिवसको अवसरमा महालक्ष्मी विकास बैंकले स्थानीय साना तथा मझौला व्यापार प्रवर्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गर्दै आएको ‘महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता’मा संकलन गरिएका फोटोहरु केन्द्रीय कार्यालयमा प्रदर्शन गरिएको छ । महालक्ष्मी कर्पोरेट क्रिक्रेटको पाँचौँ शृंखला पनि जेठमा बैंकले सञ्चालन गर्नेछ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्