नेभिगेशन
अर्थतन्त्र

‘द हिडन ट्रेजर मिस नेपाल’को मुख्य प्रायोजकमा कजारिया

काठमाडौं । सेरामिक र भिट्रिफाइड टायल उद्योगको अग्रणी ब्रान्ड कजारिया सौन्दर्य, बौद्धिकता, आत्मविश्वास र महत्वकांक्षालाई उजागर गर्ने नेपालको सबैभन्दा प्रतिष्ठित एवं प्रभावशाली मञ्चमध्येको एक ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकका रूपमा आबद्ध भएको छ । बिहीबार ललितपुरको पुल्चोकस्थित ‘द प्लाजा’मा औपचारिक पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराइएको हो ।
यो साझेदारी केवल एक प्रायोजन नभई नेपालीहरूको आकांक्षासँग जोडिने प्रतिबद्धता पनि भएको कजारियाले जनाएको छ । मिस नेपाल २०२६ सँगको यस आबद्धतामार्फत कजारियाले टायल र डिजाइन सोलुसन्सको दायराभन्दा बाहिर गएर आफ्नो उपस्थितिलाई मजबुत बनाउने लक्ष्य राखेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्