नेभिगेशन
अर्थतन्त्र

मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले मोबाइल बैंकिङ सेवा ‘मुक्तिनाथ फाइदा एप’ मा नयाँ ‘सेल्फ–रिन्यु’ लगायतका सुविधा थप गरेको छ । यस सुविधासँगै ग्राहकले मोबाइल बैंकिङ सेवा नवीकरण गर्न शाखा धाउनुपर्ने बाध्यता हटेको बैंकले जनाएको छ ।
अब ग्राहकले घरमै बसेर वा आफ्नो सहजताअनुसार यस बैंकको मोबाइल बैंकिङ एप नवीकरण गर्न सक्नेछन् । त्यसका लागि एपमा लगइन गरी एक्सपायरी पप–अप देखिएपछि ‘रिन्यु नाउ’मा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि नवीकरण शुल्कसम्बन्धी जानकारी तथा व्यवस्थापन पछि ‘कन्टिन्यु’ थिचेर आफ्नो ट्रान्जेक्सन पिन प्रविष्ट गरेपछि सेवा तुरुन्त सक्रिय हुने व्यवस्था मिलाइएको छ ।
यस सेवाको साथमा बैंकले फाइदा एपबाट बैंक नगई ग्राहकले आफ्नो राष्ट्रिय परिचयपत्र, प्यान तथा इमेल पनि अपडेट गर्न सक्ने व्यवस्था मिलाएको बैंकले जनाएको छ । बैंकले डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी र ग्राहकमैत्री बनाउन यो सुविधा ल्याएको जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्