नेभिगेशन
अर्थतन्त्र

नागरिक लगानी कोष र नबिल बैंकबीच सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र नबिल बैंकबीच बैंकका कर्मचारीको अवकाश कोषको व्यवस्थापन गर्नेसम्बन्धी सम्झौता भएको छ । योगदानमा आधारित भए नभएको उपदान कोष तथा अतिरिक्त अवकाश कोषको व्यवस्थापन गर्ने, गराउने व्यवस्था गर्न सम्झौता गरिएको हो । 
सम्झौतामा कोषका निर्देशक छविरमण अधिकारी र बैंकका मानव संसाधन विभाग प्रमुख दिवस कार्कीले  हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार बैंकका कर्मचारीले कोष कट्टी गरी नियमित रूपले लगानी कोषमा रकम जम्मा गर्नुपर्नेछ । कोषले बैंकका कर्मचारीको व्यक्तिगत खाता तयार गरी अभिलेख राख्नेछ । बैंकको सिफारिसमा सेवानिवृत्त कर्मचारीलाई अवकाश रकम भुक्तानी गर्ने व्यवस्था कोषले गर्नेछ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्