नेभिगेशन
अर्थतन्त्र

एसोसियो डिजिटल एआई अवार्डका लागि आवेदन खुला

काठमाडौं । नेपाली सूचना प्रविधि क्षेत्र र यहाँका नवप्रवर्तनकारी उत्पादनहरूलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराउने उद्देश्यका साथ प्रतिष्ठित ’एसोसियो डिजिटल एआई अवार्ड २०२६’ का लागि आवेदन आह्वान गरिएको छ । एसियन–ओसिनियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसनद्वारा आयोजना गरिने यस अवार्डमा नेपालको तर्फबाट डिजिटल अर्थतन्त्र र आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा उल्लेख्य योगदान पु¥याइरहेका कम्पनी तथा संस्थाहरूले प्रतिस्पर्धा गर्न सक्नेछन् ।
यस वर्षको मुख्य थिम ’नेपाली टेक उद्यमी अवसरमा आफ्ना उत्पादन र सेवाहरूलाई विश्वव्यापी रूपमा प्रदर्शन गर्नुहोस् र एसोसियो डिजिटल एआई अवार्ड २०२६ प्राप्त गर्नुहोस्’ रहेको छ । अवार्डबारे चर्चा गर्दै एसोसियोका उपाध्यक्ष नवराज कुँवरले भने, ’यो नेपाली प्रविधि उद्यमीहरूका लागि आफ्ना उत्पादन र सेवाहरूको गुणस्तर तथा सान्दर्भिकतालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रमाणित गर्ने र प्रतिष्ठित वैश्विक अवार्ड हात पार्ने एउटा ऐतिहासिक अवसर हो ।’
त्यसैगरी, क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले सम्पूर्ण नेपाली प्रविधि कम्पनी, स्टार्टअप र सरोकारवालाहरूलाई आफ्नो संस्थागत प्रोफाइल दर्ता गर्न आग्रह गरेका छन् । नेपाली प्रविधि कम्पनीहरूलाई प्रोत्साहन र सशक्तीकरण गर्न क्यान महासंघले सधैँ अग्रणी भूमिका खेल्दै आएको परिप्रेक्ष्यमा क्यान महासंघका महासचिव चन्द्रविलास भुर्तेलले यस प्रक्रियालाई थप सहज र प्रभावकारी बनाउन महासंघले पूर्णरूपमा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्