नेभिगेशन
अर्थतन्त्र

विद्युतमा भ्याट लगाउने घोषणा तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष एवम् पूर्व उर्जामन्त्री कुलमान घिसिङले सरकारले ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णयको विरोध गरेका छन्। अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै मासिक ५० युनिटभन्दा बढी बिजुली प्रयोग गर्ने ग्राहकलाई भ्याट लगाउने घोषणा गरेपछि अतिरिक्त कर तत्काल फिर्ता लिन सरकारसँग माग गरेका हुन्।
उनले सरकारको यो निर्णय आम उपभोक्ताको हितविपरीत, ऊर्जा रूपान्तरणको लक्ष्यविपरीत र स्वदेशमै उत्पादित स्वच्छ ऊर्जाको उपयोग बढाउने राष्ट्रिय अभियान विपरीत रहेको टिप्पणी गरेका छन् । घिसिङले नेपालमा विद्युत पहुँच विस्तार भएसँगै घरायसी प्रयोजनमा विद्युतको प्रयोग बढ्दै गएको बताए। नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसमेत रहेका घिसिङले खाना पकाउने, पानी तताउने तथा अन्य घरेलु प्रयोजनमा विद्युतको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बेला सरकारले करको अतिरिक्त भार थपेर उपभोक्तालाई दण्डित गर्ने प्रयास गरेको धारणा राखे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्