नेभिगेशन
अर्थतन्त्र

प्रभु बैंकको सीईओमा सुमन शर्मा

काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले शर्मालाई चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।            

शर्मासँग बैंकिङ क्षेत्रमा २५ वर्ष लामो काम गरेको अनुभव छ । उनी कुशल बैंकरको रुपमा चिनिन्छन् । उनले माछापुच्छ्रे बैंक र सनराइज बैंकको सीईओको जिम्मेवारी निर्वाह गरिसकेका छन् । उनले ग्लोबल आइएमई, एनएमबी बैंक र नेपाल एसबीआई बैंकमा पनि काम गरेका छन् । सन् १९९७ मा एसबीआई बैंकबाट उनले करियर सुरु गरेका थिए ।            

अशोक शेरचनले बैंकको सीईओबाट आइतबार राजीनामा दिएका थिए । सञ्चालक समितिले शेरचनको नियुक्ति स्वीकृत गर्दै शर्मालाई नियुक्त गरेको हो । शर्माले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र तथा भौतिकशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्