नेभिगेशन
अर्थतन्त्र

शि लिड्स नेतृत्व विमर्श

काठमाडौं । वर्ल्ड अफ वुमेन म्यागजिन, प्रोजेक्ट अभय र शि लिड्स आइकनको संयुक्त आयोजनामा ‘राजनीतिमा संरचनात्मक अवरोध : महिला, शक्ति र राजनीतिक संरचना’ शीर्षकमा खुला सार्वजनिक संवाद कार्यक्रम आयोजना गरिएको छ ।              

कार्यक्रममा नेपालको संविधानले महिलाको समावेशी राजनीतिक सहभागिताको प्रतिबद्धता जनाए पनि व्यवहारमा महिलाहरू नीति निर्माण र निर्णय प्रक्रियाबाट बहिष्करणमा परेको यथार्थमाथि गम्भीर विमर्श गरियो । कार्यक्रममा वरिष्ठ राजनीतिक नेत्री, शिक्षाविद्, पत्रकार, जनप्रतिनिधि, जेनजी अभियन्ता तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता थियो ।            

हालैको प्रतिनिधिसभा निर्वाचनमा कुल उम्मेदवारमध्ये महिलाको न्यून सहभागितालाई लोकतान्त्रिक असफलताको रूपमा चित्रण गर्दै राजनीतिमा विद्यमान संरचनात्मक अवरोध र समाधानका उपायबारे छलफल गरिएको थियो । कार्यक्रममा एमाले नेतृ अष्टलक्ष्मी शाक्य, युवा राजनीतिकर्मी रञ्जु दर्शनालगायत सहभागी थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्