नेभिगेशन
अर्थतन्त्र

पोखरामा नेशनल लाइफको अभिकर्ता तालिम

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्तालाई एक दिने तालिम प्रदान गरेको छ । कम्पनीले जारी गरेको मासिक योजना मन्थन २०८२ मा तोकिएको व्यवसाय गरी छनौट भएका गण्डकी प्रदेशका सबै शाखा कार्यालय र लुम्बिनी तथा बागमती प्रदेशका केही शाखा कार्यलयहरूमा आबद्ध रही कार्य गर्ने १८५ जना अभिकर्तालाई बीमा क्षेत्रका चर्चित प्रशिक्षक काजिम रजाले प्रशिक्षण प्रदान गरेका हुन् ।              

प्रशिक्षणका क्रममा उनले एमडीआरटी, सीओटी र टीओटीको लक्ष्य प्राप्त गर्न विभिन्न उपाय अवलम्बन गरी फरक तरिकाले बजारमा प्रस्तुत हुने कलाका बारेमा प्रशिक्षण दिएका छन् । कार्यक्रममा कम्पनीका उपप्रमुख कार्यकरी अधिकृत स्मृतिराज कँडेलले यसप्रकारको तालिमबाट अभिकर्ताको मनोबल वृद्धि भई आफ्नो व्यावसायिक लक्ष्य हासिल गर्न मद्दत पुग्ने बताए ।            

कम्पनीले अभिकर्तालाई उत्कृष्ट तालिम दिने गरी प्रेरणा, प्रगति र पेसागत उत्कृष्टता भन्ने नारासहित मासिक योजना मन्थन जारी गरिएको जनाएको । यो योजनामा देशभरबाट ७ सयभन्दा बढी छनोट भएका सबै अभिकर्तालाई पायक पर्ने स्थानमा कार्यक्रम सञ्चालन गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्