नेभिगेशन
अर्थतन्त्र

नेपाल लाइफको वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सवको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर एवं देशैभर बृहत् रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । २०८३ वैशाख २१ र २२ गते कम्पनीले प्रधान कार्यालयको प्रांगणमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
स्वास्थ्य परीक्षण सेवा आरबी डायग्नोस्टिकमार्फत प्रदान गरिएको थियो । शिविरमा इसिजी, थाइराइड, सुगर, प्रेसर, एसजिपिटी, कोलस्ट्रोल, युरिक एसिडलगायतका निःशुल्क चेकजाँच तथा विज्ञ डाक्टरहरुबाट निःशुल्क परामर्श सुविधा प्रदान गरिएको थियो । दुई दिने यस शिविरबाट कुल ६०१ जनाले प्रत्यक्ष लाभ लिएका छन् ।
यससँगै कम्पनीले देशभरका ७ वटै प्रदेशका १३ स्थानमा बृहत् रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ । कार्यक्रममार्फत कोशी प्रदेशको इटहरीमा ३०, मधेश प्रदेशको वीरगञ्जमा २५, जनकपुरमा २५, बागमती प्रदेशको काठमाडौँमा ७८, नारायणगढमा ८१, नुवाकोटमा ३९, हेटौंडामा २६, बनेपामा ३२, गण्डकी प्रदेशको पोखरामा ५५, लुम्बिनी प्रदेशको बुटवलमा ३३, भैरहवामा ३४, कर्णाली प्रदेशको सुर्खेतमा २५ र सुदूरपश्चिम प्रदेशको धनगढीमा ३३ गरी कुल ५०५ पिन्ट रगत संकलन गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्