नेभिगेशन
अर्थतन्त्र

लुम्बिनी हेरिटेजको वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । लुम्बिनी हेरिटेज लिमिटेडको वार्षिक साधारणसभा वैशाख २० गते लुम्बिनीस्थित कम्पनीको कार्यालयमा सफलतापूर्वक सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१-८२ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण सहितका वित्तीय विवरणहरू पारित गरेको छ।
सभाले कम्पनीको दीर्घकालीन रणनीतिक विकासका लागि आइपिओ निष्कासन प्रक्रिया अघि बढाउने महत्वपूर्ण निर्णय गरेको छ। साथै, अन्तर्राष्ट्रिय होटल ब्राण्डअन्तर्गतको क्राउन प्लाजालाई सन् २०२७ जनवरीभित्र व्यवस्थापन हस्तान्तरण गर्ने तयारी भइरहेको जानकारी पनि दिइएको छ।
सभाले आइपिओ निष्कासन प्रक्रिया अघि बढाउने, लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण, प्रबन्धपत्र तथा नियमावली संशोधनलगायतका मुख्य निर्णयहरु गरेको छ । सो अवसरमा कम्पनीका अध्यक्ष सुभाष अमात्यले आइपिओमार्फत् पारदर्शिता वृद्धि गर्दै दीर्घकालीन मूल्य सिर्जनामा कम्पनी केन्द्रित रहने बताए। कम्पनीले साधारणसभा सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सरोकारवालाप्रति आभार समेत व्यक्त गरेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्