नेभिगेशन
अर्थतन्त्र

माउण्ट एभरेष्ट डिष्टिलरीको प्रथम वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । माउण्ट एभरेष्ट डिष्टिलरी लिमिटेडको प्रथम वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१-८२ का वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदनसहित सम्पूर्ण वित्तीय विवरणहरू सर्वसम्मत रूपमा पारित गरेको छ ।
सभामा कम्पनीको दीर्घकालीन विकास रणनीति अन्तर्गत विभिन्न महत्वपूर्ण निर्णयहरू गरिएको छ। कम्पनीले आफ्नो जारी पुँजीको २० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ, जसले कम्पनीको पुँजी संरचना सुदृढ गर्दै पूँजी बजारमा प्रवेश गर्ने मार्ग प्रशस्त गर्नेछ ।
त्यसैगरी, उत्पादन क्षमता विस्तार गर्ने तथा उद्योगमा आधुनिक अटोमेसन प्रणाली लागू गर्ने योजनालाई प्राथमिकतामा राखिएको छ। यसले उत्पादन दक्षता वृद्धि गर्नुका साथै गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
सो अवसरमा कम्पनीका अध्यक्षज्यूले कम्पनीलाई प्रतिस्पर्धी, दिगो तथा नवप्रवर्तनशील बनाउँदै गुणस्तर र आधुनिक प्रविधिमा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरे । कम्पनीले साधारणसभा सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण शेयरधनी, व्यवस्थापन तथा सरोकारवालाप्रति हार्दिक आभार प्रकट गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्