नेभिगेशन
अर्थतन्त्र

बजाज ग्रान्ड एक्सचेन्ज कार्निभल सुरु

काठमाडौं । नेपालका लागि बजाज बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले ग्राहकका लागि विशेष अफरसहित ‘न्यु खोज्नेलाई झ्याम्मै, ग्रान्ड एक्सचेन्ज कार्निभल’ सुरु गरेको छ ।
विशेष कार्निभल काठमाडौंको भृकुटीमण्डपमा वैशाख २८ देखि जेठ ३ सम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । यस कार्यक्रममा ग्राहकले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ बजाज मोटरसाइकल खरिद गर्दा विभिन्न आकर्षक सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।
कार्निभलमा सहभागी ग्राहकको पुरानो सवारीसाधनको मूल्यांकन २२ जना अनुभवी मूल्यांकनकर्तामार्फत गरिनेछ । साथै, नयाँ बजाज मोटरसाइकल खरिद गर्दा ग्राहकले १ लाखसम्म नगद छुट प्राप्त गर्न सक्ने पनि कम्पनीले उल्लेख गरेको छ ।
यसका अतिरिक्त, ग्राहकले कार्निभल स्थलमै सहज वित्तीय सुविधा, निःशुल्क एसेसरिज तथा निःशुल्क सेवा शुल्कलगायतका सुविधा प्राप्त गर्नेछन् । कम्पनीका अनुसार यस ग्रान्ड एक्सचेन्ज कार्निभलले ग्राहकलाई आफ्नो पुरानो सवारीसाधनको उचित मूल्य प्राप्त गर्दै नयाँ बजाज मोटरसाइकल खरिद गर्ने उत्कृष्ट अवसर प्रदान गर्नेछ ।
बजाज नेपालले ग्राहकको आवश्यकता र चाहनालाई ध्यानमा राख्दै यस्ता आकर्षक योजना तथा अफरहरू निरन्तर ल्याउँदै आएको छ । कम्पनीले सबै इच्छुक ग्राहकलाई भृकुटीमण्डपमा आयोजित यस विशेष कार्निभलमा सहभागी भई उपलब्ध विशेष सुविधाहरूको लाभ लिन पनि अनुरोध गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्