नेभिगेशन
प्रदेश

‘चिनियाँ सहयोग निरन्तर रहन्छ’

त्रिशूली (नुवाकोट) । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले पु¥याएको क्षतिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहने बताएका छन् । बाढीले पु¥याएको क्षति एवं प्रभावित बासिन्दाको अवस्था बुझ्न बिहीबार नुवाकोट आएका उनले बाढीपश्चात् असहज बनेको परिस्थितिलाई सहज बनाउन आवश्यक राहत उपलब्ध गराइरहेको उल्लेख गर्दै पुनरुत्थानमा पनि चीन सरकारबाट आवश्यक सहयोग उपलब्ध हुने जानकारी दिए । 
बाढीपछिको खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टर सञ्चालनमा चीन सरकारको सहयोगसहित थप दुई मिलियन अमेरिकी डलरसमेत नेपाल सरकारलाई उपलब्ध गराइसकिएको उनले बताए । ‘बाढीबाट नेपालमा ठूलो जनधनको क्षति भएको छ । यसमा हामी अत्यन्त दुःखी छौं,’ उनले भने,  ‘विद्यालय, सडक, आवासलगायत भौतिक संरचनामा पुगेको क्षतिको पुनरुत्थानका लागि नेपाल सरकारलाई गर्नुपर्ने सहयोग निरन्तर रहनेछ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्