नेभिगेशन
प्रदेश

कोरलाका ४६ स्थानमा पहिरो

मुस्ताङ । भारी वर्षाका कारण आएको बाढीपहिरो र नदी कटानले उत्तर–दक्षिण जोेड्ने बेनी–जोमसोम–कोरला सडक खण्डका ४६ स्थानमा क्षति पु¥याएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी अजिता शर्माको अध्यक्षतामा सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको समितिको बैठकमा कोरला सडकका आयोजना प्रमुख तेजस्वी शर्माले सडक पूर्ण रूपमा सञ्चालन हुन एक साताभन्दा बढी समय लाग्ने बताए ।
चार दिनको भारी वर्षा र हिमपातले पु¥याएको क्षति तथ्यांक प्रस्तुत गर्दै प्रमुख शर्माले मर्मतको काम छिटो अघि बढाइने बताए । पर्वत–मालढुंगा खण्डमा पाँच, बेनीबाट म्याग्दीको अन्नपूर्ण–३ रुप्सेसम्म १६, म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभिरबाट जोमसोम हुँदै कोरलानाकासम्मको विभिन्न २५ ठाउँमा लेदो र ग्रेगानसहितको बाढीपहिरो र नदी कटानले क्षति पु¥याएको जानकारी उनले दिए । पर्वत–मालढुंगा सडकखण्डको लाटीखोला, फर्से, जुकेखोला, केराबारी र लामाखेत सडकमा क्षति पुगेको छ । म्याग्दीको बेनीबाट अन्नपूर्ण–३ रुप्सेसम्मको खण्डअन्तर्गत गलेश्वर, रघुगंगा पुल, बैसरी एक, बैसरी दुई, बैसरी तीन, बेगखोला, महभिर, भिरकाटे, पोखरेबगर, तातोपानी, नारच्याङ, जलथले, सुकेबगर, खामभित्ता, दाना, लाटो खोला, रुप्से खोलालगायत सडकमा लेदोसहितको बाढीपहिरो र नदी कटानले सडक संरचनामा ठूलो क्षति पुगेको उनले बैठकमा जानकारी दिए । 
त्यसैगरी म्याग्दी र मुस्ताङको सिमाना काभे्रभिरबाट कोरलानाकासम्मका सडक पनि आंशिक तथा मध्यम क्षति पुगेको छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–३ को घ्याकर खोला, चैले, समर खोला, झो खोला, स्याङवचे, घमी, चराङ, छोसेर र नेपाल–चीन सिमाना नजिकै रहेको लोमान्थाङ–४ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयलगायत स्थानको सडकमा क्षति पुगेको आयोजनाले प्रमुख शर्माले बैठकमा उल्लेख गरे । 
यद्यपि पर्याप्त जनशक्ति र उपरकणको व्यवस्थापन गर्न सकिएमा एक सातामा सडक पूर्ण रूपमा सञ्चालन गर्न सकिने अवस्था रहेको जानकारी उनले दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्